`

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

Nepal One HD २३ वैशाख २०८१ १२:०७
समाचार

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतवार पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । क्रिकेटर लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्धा आज ‘हेर्न नमिल्ने’ मा राखिएको छ । आज मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै टी–२० विश्वकप क्रिकेटमा खेल्न जाने लामिछानेको सम्भावना सकिएको छ ।


प्रतिक्रिया