`

मधेस प्रदेश सरकारबाट माओवादी बाहिरियो

Nepal One HD ३० वैशाख २०८१ १६:५५
प्रमुख खबर

धनुषा । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आज माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् ।

अर्को सत्ता साझेदार दल नेकपा एमाले पनि आजै सरकार छोड्ने तयारी गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेसमा सरकार फेरबदल हुन लागेको हो ।


प्रतिक्रिया