`

आगामी बर्षको बजेटले बित्तिय अनुशासन कायम गर्न सक्दैँन : पूर्वअर्थमन्त्री डा. महत

Nepal One HD १८ जेठ २०८१ १७:२८
अर्थ समाचार

काठमाडैं / नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बर्षको बजेटले बित्तिय अनुशासन कायम गर्न नसक्ने बताएका छन् ।

स्कुल अफ डेमोक्रेशीले शुक्रबार काठमाडौंमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा बिषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले बित्तिय अनुशासन कायम गर्न नसक्ने बताएका हुन् । बजेटले पर्यटन, स्वास्थ्य लगाएतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने बाटो नखोलेको र सुधारका गुञ्जायस पनि नदेखिएको उनले बताए । महतले सिमित स्रोत साधनका बीच आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सिद्धान्तलाई वर्तमान सरकारले वेवास्ता गरेको धारणा राखे ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक बर्षको अवधिमा सरकारलाई दिएका केहि सुझावहरुलाई बजेटले प्राथमिकतामा राखेको बताए । अझैपनि बजेटमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

उनले बजेटको उद्देश्य र प्राथमिकतामा रहेका निजी क्षेत्र सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया