३५ वर्षमा केही भएन भन्ने भाष्य गलत : चन्द्र भण्डारी
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्लो भोटेकोसी बाढीबाट खर्बौँ रुपैयाँ बराबरको क्षति भएको भन्दै ३५ वर्षसम्म केही नभएको भन्ने तर्कप्रति प्रश्न उठाएका छन्।
उनले ३५ वर्षको अवधिमा बनेका जलविद्युत् आयोजना, बजार तथा पूर्वाधारकै कारण अहिले बाढीबाट ठूलो क्षति भएको हुन सक्ने बताएका हुन्।
भण्डारीले भने, ‘३५ वर्षसम्म केही भएन भने अहिले भोटेकोसीको बाढीले खर्बौँको क्षति कसरी भयो? ती हाइड्रोहरू कहिले बनेका हुन् त? ती बजारहरू कहिले बनेका हुन्? यो बिजुली, उज्यालो कहाँ बनेको रहेछ? ३५ वर्षमा बनेको रहेछ नि?’
उनले ३५ वर्षसम्म के गरियो भन्ने प्रश्न नै गलत ढंगले उठाइएको बताए। ‘त्यसैले ३५ वर्षसम्म केही भएन, ३५ वर्षसम्म के गरे भन्ने प्रश्न नै गल्ती हो,’ उनले भने।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
