`

सरकारद्वारा अन्तर्राष्ट्रिय हवाई कम्पनी प्रतिनिधिहरूसँग छलफल, प्याकेजमा आशंका नगर्न आग्रह

Nepal One HD ११ भदौ २०८१ २०:०१
अर्थ समाचार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौं पर्यटकहरु भित्राउन सकिने बताएका छन् ।

मंगलबार अन्तराष्ट्रिय वायु सेवा सञ्चालकहरुसँगको छलफलमा मन्त्री पाण्डे यस्तो बताएका हुन् । मन्त्री पााण्डेले भने, ‘देश आर्थिक लगायतका जटिलतामा ग्रुजिइरहेको छ । यो संकटको अवस्था हुँदाहुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ ।देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आँक्नु हुँदैन ।’

मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए ।

उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारतलगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरु भित्राउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व भित्राउन सक्ने बताए ।

उनले सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिन समेत अन्तराष्ट्रिय विमान कम्पनीहरुसँग विश्वास दिलाए । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कुटनैतिक रुपमा अघि बढिसकेको समेत बताए । छलफलमा जजिरा,सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया