`

आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक, अगष्टमा भित्रिए ७२ हजार

Nepal One HD १७ भदौ २०८१ १२:२९
अर्थ समाचार

काठमाडौँ । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । 


सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् ।


अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् । 


बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा ६ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।


प्रतिक्रिया