`

किसानको दूधको बक्यौता तिर्न डीडीसीलाई सरकारले ६० करोड ऋण दिने

Nepal One HD २० भदौ २०८१ २०:४९
अर्थ समाचार

काठमाडौँ । सरकारले किसानको दूधको बक्यौता तिर्न दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्न संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो ।

कृषि मन्त्रालयको प्रस्तावमा संस्थानलाई ६० करोड ऋण दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।


प्रतिक्रिया