`

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सय रुपैयाँले वृद्धि

Nepal One HD २१ भदौ २०८१ १२:१९
अर्थ समाचार

काठमाडौँ ।  शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दू नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला  एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । विहीबार प्रतितोला  एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । बिहीबार तोलामा  एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ । 


प्रतिक्रिया