`

तोलामा एक हजार दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

Nepal One HD २३ भदौ २०८१ ११:४१
अर्थ समाचार

काठमाडौँ । सुनको मूल्य आइतबार तोलामा  एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैइाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया