`

२५ अंकले बढ्यो नेप्से

Nepal One HD ६ कार्तिक २०८१ १५:३३
अर्थ समाचार

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार नेप्से मंगलबार भने दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा आइपुगेको छ ।

३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँमा कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन्। १७ करोड ३२ लाखभन्दा कारोबारसहित गुडविल फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन्। आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९ अंकले घटेको थियो ।


प्रतिक्रिया