`

एनपीएल लक्षित गर्दै टेलिकमले ल्यायो ५९९ रुपैयाँको अनलिमिटेड प्याकेज

Nepal One HD ११ कार्तिक २०८३ १२:०३
अर्थ समाचार

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।

नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न मिल्ने यो प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेजमा ३३३ मिनेट अल-नेट भ्वाइस कल र प्रतिदिन ८ जिबी डाटा उपलब्ध हुनेछ। टेलिकमका अनुसार पोस्टपेड प्रयोगकर्ताको हकमा प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।

त्यस्तै, यो प्याकेज २०८३ कात्तिक १० गतेदेखि मङ्सिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज लिन मोबाइलबाट १४१५९# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

नेपाली खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै आएको नेपाल टेलिकम एनपीएलको तेस्रो संस्करणमा ‘अफिसियल टेलिकम पार्टनर’ समेत रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *