सिद्धार्थ प्रिमियम इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख जम्मा

अर्थ समाचार

काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बुधबार इन्स्योरेन्सका प्रतिनिधिहरुले ५१ लाखको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख बराबर रकम जम्मा भइसकेको छ । कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् ।
यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।
विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट