`

एमालेद्वारा कीर्तिपुरको मेयरको उम्मेदवारमा  मानन्धर सिफारिस

Nepal One HD १६ कार्तिक २०८१ २२:४६
प्रमुख खबर

काठमाडौँ । नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । 

एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् । 

नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त भएको हो । उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ ।


प्रतिक्रिया