राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

प्रमुख खबर

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ ।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विाटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ ।उहाँले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट