`

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

Nepal One HD २६ कार्तिक २०८१ १७:१२
प्रमुख खबर

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको छ ।

त्यसैगरी बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ पनि स्वीकृत गरेको छ। मन्त्रिपरिषद् विधेयक समितिबाट सुझावसहित आएका ती विधेयकहरु पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


प्रतिक्रिया