`

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त(सूचीसहित)

Nepal One HD २६ कार्तिक २०८१ १७:२८
प्रमुख खबर

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आयोगले सोमबारदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको हो ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो । आगामी मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा निर्वाचन हुँदैछ।


प्रतिक्रिया