`

ढुंगानाको निधनमा दुई दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

Nepal One HD ३ मंसिर २०८१ १३:२५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकले आज र भोलि (सोमबार र मंगलबार) दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले मंगलबार एक दिन केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कांग्रेसले ढंगानाको स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने भएको छ ।

कांग्रेस नेता तथा पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


प्रतिक्रिया