`

प्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य

Nepal One HD १७ पुष २०८१ ११:४३
अर्थ समाचार

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो ।

मङ्गलबार प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।


प्रतिक्रिया