`

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Nepal One HD २६ पुष २०८१ ११:५६
अर्थ समाचार

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बिहीबारको तुलनामाशुक्रबार प्रतितोला सुनमा आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।


प्रतिक्रिया