सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढ्यो

अर्थ समाचार

काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार तीन सय र चाँदी ५० रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार सात सय १४ दशमलव ९८ अमेरिकी डलरमा कायम भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट