`

सुनचाँदीको मूल्य घट्यो

Nepal One HD ६ माघ २०८१ ११:४५
अर्थ समाचार

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला  आठ सय र चाँदी प्रतितोला  ३० रुपैयाँ घटेको हो ।


गत शुक्रबार प्रतितोला  एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला  एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


त्यस्तै, आज चाँदी प्रतितोला  एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला  एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।


प्रतिक्रिया