`

विकासमा अरु मुलुक भन्दा अगाडि जान हामीमा आत्मविश्वास हुनुपर्छः प्रधानमन्त्री ओली

Nepal One HD २१ माघ २०८१ १५:०१
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग र विकासबाट नेपाल अब अरु मुलुकभन्दा अगाडि जानसक्ने दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हामीले विकासमा अरु मुलुक भन्दा अगाडि जान आत्मविश्वास हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आज ९/१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन् । हामीले आत्मविश्वास मात्रै राख्नुपर्दछ अरु मुलुक भन्दा अगाडि बढ्न सक्छौं ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको पनि बताए ।


प्रतिक्रिया