`

जाजरकोटमा माटो खन्ने क्रममा  ढिस्कोले पुरिएर चार जना घाइते

Nepal One HD १९ कार्तिक २०८३ ९:५४
समाचार

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् ।घर पोत्ने माटो लिन जाजरकोट नलगाड नगरपालिका–७ दल्ली नजिकै खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका हुन् ।

घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।घर पोत्ने माटो खन्न गएका उनीहरू एकै पटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *