काठमाडौंको शंखरापुरमा एसएस एकेडेमीको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रमुख खबर

काठमाडौँ । काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थी बोकेको बा २ ख ७९५८ नम्बरको बस बुधबार अपरान्ह शंखरापुर नगरपालिकाको कात्तिकेमा ब्रेक फेल भई दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र ४० जना घाइते भएका प्रहरीले जनाएको छ । नगरकोट पिकनिक गएर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट