प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।
महासङ्घका अनुसार शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट