`

कांग्रेसले सत्तारुढ दलको बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने

Nepal One HD १६ फागुन २०८१ २०:२९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताएको छ ।

शुक्रबार बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीले बैठकले ‘नो केबलकार’ भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनले बताए । बैठकमा निर्वाचनसम्बन्धी विधेयक, दलसम्बन्धी विधेयकका विषयमा छलफल भएको थियो । विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने विषयमा छलफल भएको उनले बताए।

त्यस्तै बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।


प्रतिक्रिया