`

तोलामा १४ सयले बढ्यो सुनको मूल्य

Nepal One HD २० फागुन २०८१ ११:२४
अर्थ समाचार

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार चार सय र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया