`

सुनचाँदीको मूल्य वृद्धि

Nepal One HD २१ फागुन २०८१ १२:५०
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । बुधबार प्रतितोला सुनको मूल्य नौ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

मङ्गलबार प्रतितोला एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया