माओवादीको प्रश्नः संस्थालाई नाफामा लैजाने कुलमानलाई शून्य अंक किन ?

प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यसम्पादनमा घिसिङलाई शून्य अंक दिइएको विषयमा सभामुखमार्फत रुलिङ गर्नुपर्ने माग गरेका हुन् ।
उनले राम्रो काम गरेर संस्थालाई नाफामा लैजानेलाई शून्य अंक दिनु लज्जास्पद भएको बताए । उनले भने, ‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने कुरा मूल्यांकनमा शून्य अंक आएको सुनेका छौँ । सरकारले उठाइरहेको विषयवस्तुलाई बेवास्ता गरेर जसले राम्रो काम गरेको छ, संस्थालाई नाफामा लगेका छन्, उनलाई शून्य अंक दिएको यो के हो ?’
उनले बिचौलियाको पक्षमा सरकार रहेको आरोप लगाए । कुलमानलाई नहटाउन खबरदारी गर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट