४६ अंकले घट्यो नेप्से

अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से ४६.३३ अंकले घटेर २७७२.१० अंकमा पुगेको छ ।
नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३१ अंकले घटेर ४६३.२९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका कम्पनीमध्ये २४ वटाको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयरमूल्य घटेको छ ।
आज सबै उपसमूह रातम्मे बनेका छन् । नेप्सेका अनुसार आज २ करोड २७ लाख २६ हजार कित्ता शेयर १० अर्ब ९ करोड ३६ लाखभन्दा बढीमा किनबेच भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया