`

सरकारको स्पष्टीकरणमा यस्तो छ कुलमानको जवाफ

Nepal One HD २५ फागुन २०८१ १८:२१
अर्थ समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् ।

घिसिङले आइतबार मन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन् । स्पष्टीकरणमा घिसिङले आफूलाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको उल्लेख गरेका छन् । मन्त्रिपरिषद्ले निर्णय गरेर घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

घिसिङले कार्यकारी निर्देशकको नेतृत्व लिएपछि लोडसेडिङ अन्त्य भएको, ९९ प्रतिशत विद्युतीकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको दाबी गरेका छन् ।


प्रतिक्रिया