यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस मुख्य सचेतकले मागे माफी

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गनुपर्ने धारणाप्रति माफी मागेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा घिमिरेले आफुले राखेको धारणाले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमायाचना गरेका छन् ।
उनले चैत ३ गते संसदको विशेष समयमा सदनमा राखेको धारणा व्यक्तिगत भएको र कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट पारे । घिमिरेले नेपालमा यौन व्यवसाय खुला धारणा राखेपछि सदनमा विरोध भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट