अन्तिम ओभरमा बाजी मार्दै कर्णालीले हरायो विराटनगरलाई, सोमपाल र गुल्सनको निर्णायक साझेदारी
खेलकुद
काठमाडौं ।एनपीएल अन्तरगत आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको राेमाञ्चक जित निकालेकाे छ।
जितका लागि १८७ रनकाे बिशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे । जसमा कप्तान साेमपाल कामीले अर्धशतकीय पारी खेल्दै ६२ रनकाे याेगदान गरे।विराटनगरका एन्जलाे म्याथाेजले ३ विकेट लिए।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङकाे निम्तो दिएकाे विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायाे।
जसमा लाेकेश बमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८७ रन बनाए। उनी अर्धशतक बनाउने चाैथाे खेलाडी समेत बने। यस्तै एन्जलाे माथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनकाे याेगदान गरे।कर्णालीका कप्तान साेमपाल कामी एक्लैले ४ विकेट हात पारे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
