`

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित

Nepal One HD १३ कार्तिक २०८३ १५:४७
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।

काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको जितमा मोइन अलीले उत्कृष्ट प्रदर्शन गरे । उनले अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो । साथै, काठमाडौँ गोर्खाजले भने प्रतियोगितामा आफ्नो पहिलो खेलमै हार बेहोरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *