९ छक्का र ३ चौकासहित लोकेश बमको ८७ रन, विराटनगरले बनायो १८६ रन
खेलकुद
काठमाडौं । एनपीएल अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो ।
ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे ।यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे ।
कर्णालीका कप्तान सोमपाल कामीले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
