प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

प्रमुख खबर

काठमाडौँ । सांसद प्रभु साहले प्रतिनिधिसभाको सूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले प्रश्नोत्तर कार्यक्रममा कुनै औचित्य नभएको बताए।
उनले भने, ‘सांसदले सोधेको प्रश्नको जवाफ नै प्रधानमन्त्रीले नदिने भएपछि औचित्यहिन प्रश्नोत्तर कार्यसूचीबाट हटाइयोस्।’
अघिल्लोप्रश्नोत्तर कार्यक्रममा सांसद साहले सोधेको प्रश्न प्रधानमन्त्रीले दिएका थिएनन्।
बिहीबारको प्रतिनिधिसभामा बोल्दै उनले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए आफूले बैठक बहिस्कार गर्ने चेतावनी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट