`

पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ र ‘शाही निसान’ प्रयोग गरेकोमा सांसदको आपत्ति

Nepal One HD ७ चैत २०८१ १२:४४
प्रमुख खबर

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराजु भनिएको र ‘शाही निसानु प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर प्रयोग गरिएको र शाही निसान प्रयोग गरेको देखियो। शाही निसान ०६५ जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको थियो।’

यस्तो अधिकार पूर्वराजा ज्ञानेन्द्रलाई नरहेको उनले बताए ।

नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसले श्री ५ महाराजधिराज भन्ने र शाही निसान राख्नेप्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न, संविधान नमिच्नका लागि आग्रह गरोस् ।’


प्रतिक्रिया