`

कुलमानलाई बर्खास्त गरेको विरोधमा अनेरास्ववियुद्वारा उर्जामन्त्रीको पुत्ला दहन

Nepal One HD १२ चैत २०८१ १०:१८
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो । उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट मन्त्री खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयको सर्वत्र विरोध भइरहेको छ ।


प्रतिक्रिया