`

कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

Nepal One HD १२ चैत २०८१ १४:४८
प्रमुख खबर

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि सरकारविरुद्ध प्रदर्शन सुरु भएका छन् ।

कुलमानका समर्थक र दलका भातृ संगठनहरूले काठमाडौँका विभिन्न स्थानमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका हुन् ।

बिहान नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियुले उर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको थियो भने दिउँसो कुलमानका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै कुलमानको पुनर्वहालीको माग गरेका छन् ।


प्रतिक्रिया