`

आगामी वैशाख ७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने राप्रपाको निर्णय

Nepal One HD १२ चैत २०८१ २१:२६
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन घोषणा गरेको छ । मंगलबार काठमाडौंमा बसेको पार्टीको आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको हो ।

बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिइन् ।

बैठकले राजसंस्था, हिन्दूराष्ट्रको पक्ष र संघीयताको बिपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको उनले बताए ।


प्रतिक्रिया