प्रतिनिधिसभामा विपक्षीहरुको अवरोध, कुलमानलाई हटाएकोबारेमा प्रधानमन्त्रीको जवाफ माग

प्रमुख खबर

काठमाडौं । विपक्षी दलहरुलेप्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । बुधबारको बैठक सुरु हुनासाथ नेकपा माओवादीका सांसद शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाइएको भन्दै यसबारे प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने बताए ।
त्यसपछि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । विपक्षी दलका सांसद उठेर विरोध जनाइरहँदा सभामुख देवराज घिमिरेले पटक पटक बैठक संचालनका लागि आग्रह गरिरहेका छन् । विपक्षीको विरोध जारी रहेपछि सभामुखले आधाघण्टाका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट