`

राष्ट्रियसभाको बैठकमा पनि विपक्षीको अवरोध

Nepal One HD १३ चैत २०८१ १३:५५
प्रमुख खबर

काठमाडौं । राष्ट्रियसभाको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । बुधबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरे ।

विपक्षी सांसदहरु उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीलाई समय दिएका थिए । अछामीले घिसिङको बर्खास्तीको निर्णयबारे प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने बताए त्यसपछि अध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । विपक्षीको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको बैठक अझै बस्न सकेको छैन ।


प्रतिक्रिया