`

सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्छः प्रचण्ड

Nepal One HD २० वैशाख २०८२ १४:५८
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताएका छन् ।

शनिबार दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मैले जस्तै तपाईंहरूले पनि यो आँट गरे समाजवादको आधार तयार हुने बताएका हुन् ।

प्रचण्डले सबैले आँट गरे एक वर्षभित्र देशको राजनीतिक रङ्गमञ्च बदलिनसक्ने बताए । उनले भने, ‘म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु । तपाईंहरूले पनि यो आँट गर्नुभयो भने यो देशको राजनीतिक रंगमञ्च बदल्न सक्नुहुनेछ ।’

उनले पछिल्लो पटक पार्टीले आयोजना गरेको तराई–मधेश जागरण अभियानबाट आफूलाई अझै उत्साह थपिएको बताउँदै संगठन निर्माणका लागि पार्टी पंक्तिलाई निर्देशन दिए । उनले भ्रष्टाचार र सामाजिक विभेदको विरुद्ध, सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए ।


प्रतिक्रिया