`

प्राधिकरणको श्वेतपत्रबारे महालेखालाई स्पष्ट पार्न सुमनाको आग्रह

Nepal One HD २३ वैशाख २०८२ ११:११
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र बारे महालेखापरिक्षकको कार्यालयले स्पष्ट पार्नुपर्ने बताएकी छन् ।

मंगलबार सामाजिक संजालमार्फत सांसद श्रेष्ठले प्राधिकरणको श्वेतपत्रमा कुलमान घिसिङले दावी गरे जस्तो नाफामा हैन घाटामा छ भन्ने भाष्य स्थापित गर्न खोजिए जस्तो देखिएको उल्लेख गर्दै सरकारी संस्थान भएकोले प्राधिकरणको वित्तीय अवस्थाको लेखाजोखा महालेखापरिक्षक कार्यालयले गर्ने र यस बारेमा महालेखाले प्रष्टीकरण दिनुपर्ने उल्लेख गरेकी हुन् ।

उनले भनेकी छन्, ‘सरकारी संस्थान भएकोले प्राधिकरणको वितीय अवस्थाको लेखाजोखा हरेक साल महालेखापरीक्षकको कार्यालयले गर्छ । कार्यकारीले मनपरी तथ्याङ्क राखेको भए महालेखाले सच्याउँथ्यो होला । अहिले आएर सबै गलत भन्नु यसैको लागि बनेको संवैधानिक निकाय महालेखाको विश्वसनीयतामा प्रश्न उठाउनु हो । यो नितान्त प्राविधिक विषय भएकोले महालेखाले आममानिसले समेत बुझ्ने गरेर प्रष्टिकरण दिन्छ भन्ने आशा लिएकी छु । संसदको सार्वजनिक लेखा समितिले पनि यो विषयमा खोज गरोस् । नेपाल विद्युत प्राधिकरण कमै मात्र सरकारी संस्थामध्ये एक हो जसको कामबाट आमजनता सन्तुष्ट छन्, यसमा निवर्तमान कार्यकारी कुलमानजी, उहाँ अघिका कार्यकारी र सबै कर्मचारी सबैको महत्वपूर्ण योगदान छ । उर्जामन्त्रीले कुलमानजीको योगदानको अनादर गरेर सार्वजनिक वक्तव्य दिइरहनु हुन्छ, यो श्वेतपत्र पनि त्यसैको निरन्तरता मात्र होइन भन्ने आशा लिएकी छु ।’ केही दिनअघि प्राधिकरणले श्वेतपत्र जारी प्राधिकरण घाटामा रहेको बताएको थियो ।


प्रतिक्रिया