काठमाडौं उपत्यकामा गाईजात्रा मनाइँदै (फोटोफिचर)

फिचर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आज गाईजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाईजात्रा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइन्छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ-आफ्नो घरका दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी निर्देशन दिएका आधारमा यो पर्व शुरु भएको मान्यता छ ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट