`

टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया जाने क्रिकेट टोलीको बिदाइ

Nepal One HD २५ साउन २०८२ २०:००
फिचर
काठमाडौँ । टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघले आइतबार कार्यक्रम गरी बिदाइ गरेको छ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए।

नेपाली क्रिकेट टोली सोमबार अष्ट्रेलिया प्रस्थान गर्दैछ। अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अस्ट्रेलिया जान लागेको हो। अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म चल्नेछ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *