झडपपछि राप्रपा युवा संगठनको अधिवेशन स्थगित

फिचर

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । दुई पक्षबीच झडप भएपछि अधिवेशन स्थगनको घोषणा गरिएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गरेको अधिवेशनमा झडप भएपछि स्थगित भएको हो । राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ ।
यही विवादले युवा संगठन अधिवेशन नै बिथोलिएको हो । जसकारण अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित भएको घोषणा गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट