हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती (तस्बिरहरु)

फिचर

काठमाडौँ । सेवाग्राहीको सधैं चाप पर्ने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडिको सडकको अवस्था हिलोले बेहाल भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपटिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन् ।
यो सडकको अवस्था लामो समयदेखि यस्तै छ । दैनिक ३-४ ओटा गाडी हिलोमा फस्ने र कतिपय बाइक-स्कुटर चिप्लिएर लड्ने समेत गरेका छन् ।
बाटोको अवस्थाले यातायात कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट