`

रविलाई काठमाडौ ल्याइँदै, विमानस्थल पुगे नेता कार्यकर्ता (तस्बिरहरु)

Nepal One HD ३१ साउन २०८२ १५:४९
फिचर

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौ ल्याउन लागेपछि पार्टीका नेता कार्यकर्ता त्रिभुवन विमानस्थल पुगेका छन् ।उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ । हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।

सोही अनुसार, उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लगिने भएको हो ।

उनलाई काठमाडौँ ल्याउनका लागि केहि बेर अघिमात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी कारागार पुगेको थियो । अब केहीबेरमा उनी जहाजमार्फत काठमाडौं आईपुग्ने भएका छन् । उनलाई काठमाडौँ ल्याईने भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरु विमान स्थलमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *