वरिष्ठ उपाध्यक्षसहित आजपाका दर्जनौं नेता एमालेमा प्रवेश, ओलीले गरे स्वागत (तस्बिरहरु )

फिचर

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी उपाध्यक्ष उपेन्द्र साहसहितका दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् । च्यासलमा एक कार्यक्रमबीच अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई स्वागत गरे ।
साह एमालेका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरू पनि एमालेमा भित्रिए ।
अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरूको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएको भन्दै धन्यवाद दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट